|

दाङ : दाङका युवा वैज्ञानिक मार्सल रोकाले अटोमेटिक पम्प कन्ट्रोलर बनाएका छन्। लामो समयदेखि विभिन्न सामग्री निर्माण गर्दै आएका युवा वैज्ञानिक रोकाले विद्युतको सहयोगमा सञ्चालन हुने अटोमेटिक पम्प कन्ट्रोलर बनाएका हुन्।

मेल्टा प्रविधिले बनाएको पम्प कन्ट्रोलरको प्रयोगले मोटर जल्ने\विग्रने, अनावश्यक पानी पोखिने समस्या कम हुने, स्वीच खुल्ला\बन्द गर्ने झन्झटबाट  मुक्त पाइने रोकाले बताए। पम्प कन्ट्रोलरले विद्युत् र समयको बचत गर्ने रोकाले दाबी गरे।

मेन्टा प्रविधिले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी कन्ट्रोलरका बारेमा जानकारी गराएका हो । घर, होटल, अस्पताल, कारखाना, कार्यालयका लागि उपयुक्त रहेको सामग्रीले ब्यस्त जीवनका मानिसहरूका लागि उपयुक्त रहेको जानकारी दिए।

स्वदेशमै रहेका कच्चा पदार्थमार्फत पम्प कन्ट्रोलर निर्माण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। कन्ट्रोलरको नेपाली बजारमा चार हजार नौ सय ९९ रुपैया मूल्य रहेको र बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.