|

काठमाडौं : आर्थिक समृद्धिका लागि विकास, निर्माणलाई जोड दिनुपर्ने आवाज उठिरहेको बेला तीनवटा गौरवका आयोजनाले छ महिना समय एक सुको खर्च नगरी बिताएका छन्।

सरकारले प्राथमिकता दिएको दाबी गरिरहेका ती आयोजनामा एक सुको रकम खर्च हुन नसकेपछि अन्य आयोजनाको निर्माण कार्य कुन हालतमा भइरहेको होला भनेर सहजै अनुमान गर्न सकिन्छ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको छ महिनामा एक सुको रकम खर्च गर्न नसक्ने आयोजनामा पशुपति क्षेत्र विकास कोष, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल हुन्। अर्थ मन्त्रालयको रेकर्डमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा एक सुको खर्च हुन नसकेको देखिए पनि पछिल्लो समयमा उक्त विमानस्थलको निर्माण कार्यले गति लिइरहेको पाइएको छ।

सरकारले वर्षौंदेखि राष्ट्रिय गौरवको नाम दिँदै आएका आयोजनाको निर्माण कार्य सुस्त हुँदा पनि तीव्रताको प्रयास गरिएको छैन। जबकि, सर्वसाधरण कम्तीमा राष्ट्रिय गौरवका आयोजनाको निर्माण चाँडो सकिन्छ भन्नेमा विश्वस्त छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.