|
फाइल फाेटाे

धनगढी : रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपद ग्रहण र रिहा गर्ने तयारी भईरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन्।
अपारधिक मुद्धालाई राजनीतिक नबानाउन उनीहरुले सरकारसँग आग्रह गरेका छन्। अदालतको प्रक्रियामा गएको मुद्धा अदालतबाटै फैसला हनुपर्ने उनीहरुको भनाई छ।

अपराधिलाई सरकारले छोड्ने हो भने हामी पीडितलाई कसरी कानुनी राज्को महसुस हुन्छ, टीकापुर घटनामा मारिएका डेढ बर्षीय बालक टेकबहादु साउँदका ६५ बर्षीय हजुरबा जंगबहादुर साउँदले भने, न्यायालयबाट छुटेका हाम्रो भन्नु केही हुन्थेन। 

अदालतले फैसला गरेर छोडेमा चित्त बुझे चुप लाग्ने र चित्त नबुझे उत्तच्च अदाल र सर्वोच्च अदालत जाने बाटो खुला हुनेछ। सरकारले छाडेमा हामी पीडित कहाँ जाने? 
‘सरकारले नै हाम्रो न्याय खोसेमा जनताका बीचमा आफ्ना पीडा राख्नेछौं’, उनले थपे सरकराले न्याय नदिएमा जनताको साथबाट न्याय पाउने आश छ। सरकारले दबाब, प्रभाव र पहुँचका आधारमा अपराधीलाई उन्मुक्ति दिन थालेमा दण्डहीनता मौलाउने उनी बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.