|

धनकुटा :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा मध्य कोशी ब्यूरो इन्चार्ज निशान राई र कोशी ब्यूरो सदस्य सागर लिम्बूसहितलाई प्रहरीले पक्राउ गरेको छ। 

नेकपाको कोशी ब्यूरो बैठक बसिरहेको बेला सोमबार राति उनीहरुलाई धनकुटाको हिले बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। चन्दा माग गर्दै चिठी आतंक मच्चाएकोगुनासोका आधारमा उनीहरूलाई पक्राउ गरिएको धनकुटाका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

उनीहरूसँगै नेकपाका संखुवासभा इन्चार्ज समूल, सचिव दिव्य बराल, धनकुटा इन्चार्ज आकाश शर्मा, सचिव नवराज भट्टराई, तेह्रथुम सचिव कमला लिम्बू पनि पक्राउ परेका छन्। पक्राउ गरिएका सबैलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको प्रहरीले जनाएको छ।

यसैबीच विनाकारण आफ्ना नेता–कार्यकर्तालाई पक्राउ गरेको भन्दै नेकपाका पूर्वी कमाण्ड इन्चार्ज विरहीले विनाशर्त रिहाइको माग गरेका छन्। प्रहरीले भने सोधपुछका लागि मात्र नियन्त्रणमा लिएको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.