|

रौतहट :  रौतहटस्थित एक इँटाभट्टाका मजदुरमाथि गोली प्रहार भएको छ। कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदुर ५० वर्षीय रामअशीष यादवमाथि अज्ञात समूहले सोमबार राति गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

गरुडा नगरपालिका–५ महमदपुुर घर भएका मजदुर यादव सोमबार राति इँटाभट्टामा अर्का एक मजदुरसँग सुतिरहेका थिए। सोमबार राति करिब साढे ११ बजे अज्ञात समूहले यादवमाथि गोली प्रहार गरेको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द थापाले बताए। 

यादवको ढाडमा गोली लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको छ। घटनामा संलग्न रहेको आशंकामा सँगै काम गर्ने एक मजदुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। व्यक्तिगत दुस्मनीका कारण घटना हुन गएको प्रहरीको प्रारम्भिक अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.