|

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भारतका वाणिज्य मन्त्री सुरेश प्रभुलाई  नेपालका कृषिजन्य वस्तुको भारत निर्यातमा सघाउन आग्रह गरेका छन्। विश्व व्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका यादवले समकक्षि सुरेश प्रभुलाई भेटेर निर्यातमा सघाउन आग्रह गरेका हुन्। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपाल–भारत सीमाका मुख्य भन्सार नाकामा व्यापारजन्य पूर्वाधार निर्यात, नेपालमा भारतीय लगानी वृद्धिलगायत पारस्परिक व्यापार अभिवृद्धिबारे यादवले जानकारी गराएका छन्।

नेपालमा उत्पादनको उच्च सम्भावना भएका वस्तुमा लगानी वृद्धि गर्न र व्यापारजन्य क्षमता विकासमा परिणाम देखिने गरी काम गर्न भारत इच्छुक रहेको जानकारी भारतका वाणिज्य मन्त्रीले दिए। नेपालको तर्फबाट भारतमा निर्यात हुने अदुवा, अलैची लगायतका कृषिजन्य सामाग्री वर्षेनी समस्या पर्दै आएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.