|

काठमाडौं: आइतबार र समोबार गरि करिब १८ अंकले ह्रास आएको नेप्से परिसूचक मंगलबार कारोबारमा आएको पहिलो दुई घण्टामै १८ अंकले ह्रास आएको छ। मंगलबार १२ सय ७० को विन्दुबाट कारोबार सुरु भएकोमा दुई घण्टामा १२ सय ५२ अंकमा झरेको छ। 

यो अवधिसम्म समूहगत परिसुचक तर्फ होटल अन्तर्गतका परिसुद्वक बाहेक अन्य कुनै पनि परिसूचक उहालो लाग्न सकेको देखिएको छैन। एकबजेसम्म १४० कम्पनी कारोबारमा आएकोमा जम्म चार कम्पनी मात्रै नाफामा देखिएका छन्।

यो अवधिसम्म नाफामा रहकेा कम्पनीहरुमा स्वदेशी लुघुवित्त वित्तीय संस्था, ताराजग रिजेन्सी होटल, बरुण हाइड्रोपावर र सोल्टी होटल र नेपाल इन्भेष्टमन्ट बैंक रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.