|

इराकको मोसुल सहरबाट हराएका ३९ भारतीय नागरिक आतंककारी संगठन आइएसआइएसको हातमा मारिएको पुष्टि भएको छ। भारतीय विदेशमन्त्री सुस्मा स्वराजले संसद् बैठकमा यसको पुष्टि गरेकी हुन्। 

२०१४ मा भारतबाट कामका लागि मोसुल गएका मजदुरहरूलाई आतंककारी संगठन आईएसआईएसले २०१५ मा कब्जामा लिएको थियो। जब उनीहरूले भाग्ने कोसिस गरे। त्यसपछि आइएसआइएसले उनीलाई घेरेर मार्‍यो।

विदेशमन्त्री सुस्माले यी भारतीय मजदुरहरूको अपहरणका विषयमा सन् २०१५ मै राज्यसभामा जानकारी गराएकी थिइन्। गत जुलाईमा मोसुल सहर विद्रोहीको कब्जाबाट मुक्त भएपछि आफ्ना नागरिकका विषयमा जानकारी लिन भारतीय विदेश राज्यमन्त्री जनरल विके सिंह इराक गएका थिए।

घटनाको समय मोसुलमै रहेका एक भारतीय हरजित मसिहले ३९ भारतीयलाई मारिएको प्रत्यक्ष देखेको दाबी थिए। यद्यपी, मसिहको दाबी झुठो रहेको विदेशमन्त्री सुस्मा स्वराजले बताएकी छिन्।

के भनिन् स्वराजले संसद्‍‍मा ?

आज म एक महत्वपूर्ण सुचना सदलाई जानकारी गराउन चाहन्छु। जुन २०१५ मा इरामा हाम्रा ३९ भारतीयलाई आईएसआईएसले बन्धक बनाएका थिए।

यस विषयमा पछिल्लो पटक सदनमा २७ जुलाई २०१७ मा चर्चा भएको थियो। बाजवाजीले सदनको शुन्य समयमा यो विषय उठाएका थिए। त्यसको भोलीपल्ट सदनमा जवाफ दिनका लागि म आएको थिएँ।

मैले त्यतिबेलै भनेको थिएँ कि जबसम्म मसँग कुनै प्रमाण हुदैँन म उनीहरूलाई मृत घोषणा गर्ने छैन। बिना प्रमाण कसैलाई मृत घोषणा गर्नु पाप हो। यो गैर जिम्मेवारीपन हो। त्यसैले मैले पक्का प्रमाण भेटेपछि मात्रै सदनलाई यस विषयमा जानकारी गराउने निर्णय गरेको थिएँ।

सभामुखसँग अनुमति मागेर संसदको कारबाही रोकेरै यस विषयमा सदनमा जानकारी गराउने बताएको थिएँ। यदी, सदन चलेको छैन भने त्यस्तो अवस्थामा मैले जानकारी पाएको १० मिनेटभित्रै ट्वीटरमार्फत पुरै देशलाई जानकारी दिने सोचेको थिएँ। आज त्यही आफ्नो वाचा पुरा गर्नका लागि आएको छु। मसँग दुई विषयमा पक्का प्रमाण छन्।

भाषण यहाँ सुन्‍नुहोस् :

 

पहिलो

हरजीत मसिहले जे बताए त्यो साँचो थिएन।

दोस्रो,

भारी मन लिएर भन्दैछु हाम्रा नागरिक मारिए। हो, मोसुलमा बेपत्ता भएका ३९ जना मारिए।

यस विषयमा हरजितसँग मेरो कुरा भएको थियो। उनले आतंककारीले सबै भारतीलाई एकसाथ खडा गरेर गोली हान्दै मारेको दाबी गरेका थिए। कसैको टाउको त कसैको छातिमा गोली लागेको उनको दाबी थियो। उनले आफुलाई भने खुट्टामा गोली लागेको बताएका थिए। तर, उनको दाबी भने झुठो थियो।

यसको प्रमाण जनरल विके सिंहले इराकमा पछिल्लो समय गरेको छानविन हो। मैले भनेअनुसार विके सिंहले इराकमा उक्त कम्पनीका मालिक जुन कम्पनीमा भारतीय काम गर्थेसँग भेटेका थिए।

उनले आफ्नो यात्रा मोसुलबाट सुरु गरेका थिए। कम्पनीका मालिकले बताए कि उनको कम्पनीमा ४० भारतीय र एक बंगलादेशी काम गर्थे। जब आईएसआईएले मोसुलमाथि कब्जा जमाउन सुरु गर्‍यो। त्यसपछि उनले सबैलाई त्यहाँबाट निस्‍कन आग्रह गरे। सबैभन्दा पहिले इराकी निकालिए। त्यसपछि अन्य देशका निकालिए।

तर भारतीय र बंगलादेशीलाई निस्‍कट मानेनन् । त्यसपछि कम्पनी मालिकले केटररलाई बोलाए जो खाना पस्कने काम गर्थे। केटररले बताएअनुसार एक दिन जब भारतीय र बंगलादेशी खाना खानका लागि आएका थिए। त्यतिबेला आईएसआईइसले उनीहरूलाई देखे।

आईएसआईएसले उनीहरूका विषयमा जानकारी दिए। त्यसपछि उनीहरूले अपहरण गरे। टेक्सटाइल फ्याक्ट्रीमा लगे। फ्याक्ट्रीमा लगेर भने की बंगलादेशी र भारतीयलाई अलग–अलग ठाउँमा राख। एकदिन उनीहरूले भने कि बंगलादेशीलाई एरबिल छाडिदेउ। केटररका अनुसार छाड्ने जिम्मेवारी उनलाई दिइएको थियो। उनले आफैं गाडी चलाएर बंगलादेशीहरूलाई एरबिल छाडेका थिए। 

थाहा छैन हरजीतले के उपाय लगाए। तर केटररले कम्पनी मालिकलाई बताएअनुसार उनलाई बंगलादेशी बनाएर निकालिएको थियो। केटररले उनको नाम अली रहेको बताएका थिए।

कम्पनी मालिकले भनेका छन् कि, ‘म समक्ष एक व्यक्तिको फोन आयो। उसले आफुलाई अली बताए। तर, मेरोमा अली नामका कोही व्यक्ति काममा थिएनन्। त्यसपछि उनले भने, म त्यही व्यक्ति हुँ जसलाई बंगलादेशीहरूसँगै निकाल्नुपर्छ।’ 

मलाई पहिलोपटक जब हरजीतले फोन गरेका थिए। त्यतिबेला उनी एरबिल नाकामा थिए। मैले उनलाई सोधेको थिएँ। 'कसरी आइपुग्‍नुभयो। एरबील ?' तर, उनले थाहा छैन् भने। उनले म समक्ष मलाई इराकबाट निकालिन दिन आग्रह गरे। मैले म अवश्य निकाल्छु तर कसरी एरबिल आइपुग्‍नुभयो बताउनुस् भनेँ। उनले फेरि थाहा छैन भने। पछि हरजीतले धेरै-धेरै कथा बनाएर भने। त्यो सरासर झुठ थियो। साँचो यो, थियो कि घटना हुनअघि नै उनी बंगलादेशीहरूसँगै भागेका थिए। 

  • कसरी खुल्यो भारतीयको पहिचान ?

सरकारले विदेश राज्यमन्त्री विके सिंहलाई जुलाई २०१७ मा इराकको एरबिल पठाएको थियो । ताकि, ३९ बेपत्ता भारतीयका विषयमा जानकारी लिन सकियोस् ।

भारतीय एजेन्सीहरुले इराकको मोसुल, बादुश,तलाफारमा खोजी सुरु गरेका थिए । यस टिममा विके सिंहसँगै इराकका लागि भारतीय राजदूत प्रदिप राजपुरोहित र इराक सरकारका एक अफिसर सहभागी थिए ।

जब यो टोली मोसुल नजिकै रहेको गाउँ बदुश पुग्यो । तब, एक स्थानीयले गाउँ नजिकैको एक पहाडमा एकसाथ धेरै लाश गाडिएको जानकारी दिए । त्यसपछि भारतले यस घटनाको छानविन गर्न इराक सरकारको सहयोग माग्यो ।

इराकी प्रशासनले डिप पेनिट्रेशन राडारबाट पत्ता लगायो कि पहाडमा थुप्रै लाश गाडिएको छ । अर्थात, ती स्थानीयले दिएको जानकारी साँचो हो । भारतको आग्रहमा पुरै पहाड खन्‍न थालियो । त्यहाँ, लामो कपाल, केही आइडी कार्ड र गैर-इराकी ब्रान्डका जुत्ता भेटिए । यी अवषेशलाई बग्दाद पठाइयो । छानविनपछि आशंका बढ्दै गयो ।

त्यसपछि बेपत्ता भारतीयहरुको परिवारलाई सम्पर्क गरेर उनीहरुको डिएनए स्याम्पल जुटाइयो । पञ्जाब, हिमाञ्चल, बंगाल र बिहार सरकारले यो स्याम्पल जुटायो । डिएनए स्याम्पलहरु इराक पठाइयो ।

इराकी प्रशासन, मार्टियर्स फाउन्डेशन र रेड क्रसको सहयोगमा मारिएका व्यक्तिहरुको डाटाबेसबाट डिएनए स्याम्पल्स मिलान गर्न थालियो ।

डिएनए स्याम्पल्स मिलेपछि १९ मार्च २०१८ मा पुष्टी भयो कि सबै भारतीय मारिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.