|

काठमाडौं : मंगलबार पनि शेयर बजार परिसूचकका गिरावट कायम रहेकाे छ। मंगलबार १५ अंककाे गिरावट अाउँदा नेप्से एक हजार २५५ काे विन्दुमा झरेकाे छ।

१२७० बाट काराेवार सुरु भएकामा बजार बन्द हुँदा एक हजार २५५ अंक कायम भएकाे हाे। पहिलाे दुई घण्टाकाे अवधिमा १८ अंकले गिरावट अायाे। २० अंकसम्म पुगेकाे गिरावट अन्तिम घण्टामा ५ अंकले करेक्सन भएपछि १५ अंककाे गिरावट कायम भएकाे हाे।

यस साताकाे पहिलाे र दाेस्राे दिन गरी नेप्सेमा १८ अंकले ह्रास अाएकाे थियाे। मंगलबार समूहगत परिसूचकतर्फ हाेटलअन्तर्गतका परिसूचक मात्रै उकालाे लागे। साेमबारकाे तुलनामा काराेवार रकम भने बढेकाे छ। मंगलबार ३२ कराेड ८९ लाख रुपैयाँ बराबरकाे काराेवार भयाे, जबकि साेमबार २६ कराेड ६३ लाख रुपैयाँकाे काराेवार भएकाे थियाे

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.