|

रौतहट : गरुडा नगरपालिका–५ स्थित सडक निर्माण कार्यमा रहेको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको स्काभेटरमा  आगजनी गरीएको छ। झाझपुल-कटहरिया सडकखण्डसंगै महमदपुरमा सोमवार राती अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक गोबिन्द थापाले जानकारी दिए।

आगो बलेको देखेर स्थानिय बासिन्दा ,प्रहरी र दमकलको सहयोगमा आगजनी नियन्त्रणमा लिएको निरिक्षक थापाले बताए।  घटनामा संलग्न रहेको आशंकामा लक्ष्मीपुरका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.