|

संखुवासभा : दुर्लभ वन्यजन्तु सालकको खपटा चोरी गरेका एक व्यक्तिबाट  एकलाख घुस लिएका दुईजना प्रहरी निलम्बन परेका छन्।

संखुवासभा जिल्लाको  भोटखोला गाउँपालिकामा रहेको स्याक्सिलागोला प्रहरी चौकीमा कार्यरत प्रहरी जवानहरु प्रकाश कार्की र रुद्र बहादुर बस्नेत एकलाख घुससहित पक्राउ परेका थिए।

उनीहरुले गैरकानुनी तरिकाले रकम लिएर खपटा चोरी गर्ने व्यक्ति छाडेको सूचनाका आधारमा पक्राउ गरिएको संखुवासभा जिल्ला प्रहरी प्रमुख  डिएसपी सन्तोश खड्काले मंगलबार एक पत्रकार सम्मेलन गरेर जानकारी दिए। उनले भने, ‘फरार भएका व्यक्तिको खोजी तीव्र पारिएको र पक्राउ पर्नेहरुको थप अनुसन्धान भइरहेको  छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.