|

हेटौँडा : पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ३ को राजधानी हेटौँडाबाट अन्यत्र नसर्ने बताएका छन्। हेटौँडाको गोरक्षेश्वर क्षेत्रको विकासका लागि आगामी बैशाख १ बाट हुने महायज्ञ तथा गोरक्षेश्वरको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजधानीका लागि हेटौँडा नै उपयुक्त रहेको बताए।

अध्यक्ष दाहालले बाहिर प्रदेशको राजधानी अन्यत्र लैजाने हल्ला भए पनि त्यसबारेमा कुनै पनि छलफल नभएको भन्दै विश्वस्त हुन मकवानपुरवासीलाई आग्रह गरे।अध्यक्ष दाहालले नेपालले धार्मिक पर्यटनबाट लाभ हासिल गर्न सक्ने भन्दै गोरक्षेश्वर जस्तो धार्मिक क्षेत्रलाई सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। 

कार्यक्रममा प्रदेशका कानुनमन्त्री शालिकराम जम्मकट्टेल, राष्ट्रियसभा सदस्य रामनारायण विडारी, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, चर्चित उद्यमी अजेयराज सुमार्गीलगायतको सहभागिता थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.