समाज : सुरक्षा/अपराध

अवैध रूपमा तस्करी गरेको सुनका गहनासहित ३ जना पक्राउ
SHARES

चैत ६, २०७४

    काठमाडौं : वैदेशिक रोजगारीबाट फर्किने मानिसलाई प्रयोग गरी विमानस्थलबाट अवैध सुनका गरगहनाहरू तस्करी गरेर ल्याएको सूचनाको आधारमा प्रहरीले मंगलबार तीन जनालाई पक्राउ गरेको छ। उनीहरूलाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले चाबहिलबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा स्याङ्जा गल्याङ गाउँपालिका- ७ का चामबहादुर केसी, स्याङ्जा हुलु नगरपालिका- ९ का नारायण कुवँर र नवलपरासी सुनवल नगरपालिका- १२ का खुमप्रसाद न्यौपाने रहेका छन्। उनीहरूको साथबाट प्रहरीले नौ थान सुनका चुरा बरामद भएको छ। नेपाली बजारमा उक्त सुनको मूल्य २२ लाख ६ हजार ८०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

    उनीहरूलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुरमा पठाइने तयारी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनबहादुर थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]