|

विराटनगर : नेपाली कांग्रेसका नेताहरुले विराटनगरलाई स्थायी राजधानी तोक्न प्रदेश सरकारलाई दबाब दिएका छन्। मुख्यमन्त्री उपस्थित कार्यक्रममा कांग्रेसका नेताहरुले विराटनगरको ऐतिहासिक विरासत र जातीय सन्तुलनका कारण पनि विनासर्त स्थायी राजधानी तोक्नुपर्नेमा जोड दिए।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८औँ स्मृति दिवसमा मंगलबार कोइराला निवासमा आयोजित कार्यक्रममा कांग्रेसका नेता तथा संघीय संसद सदस्य डा. मिनेन्द्र रिजालले विनासर्त विराटनगरलाई राजधानी तोक्नुपर्ने बताए। ‘विराटनगर राजधानी हो भन्ने विषयमा पूर्वदेखि पश्चितसम्मका मानिसको दिमागमा भइसकेको छ’, उनले भने, ‘कृष्णप्रसाद कोइरालादेखि गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीदेखि मदन भण्डारीले समेतले मानेको विराटनगरलाई राजधानी तोक्न आनाकानी नगरौँ।’
 कांग्रेसका मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बूले प्रदेशको नामको विषयमा बहस भएपनि राजधानीको विषयमा बहस गर्नु नपर्ने बताए। ‘विराटनगरलाई स्थायी राजधानी बनाउन केले रोक्यो’, लिम्बूले भने, ‘हरेक हिसावले विराटनगरनै राजधानीका लागि उपयुक्त छ। यस विषयमा कुनै बहस नगरौँ।’

मुख्यमन्त्री शेरधन राईले राजधानी र प्रदेशको नामको विषयमा समय लगाएर भए पनि उपयुक्त ढंगले टुंगो लगाउने बताए। ‘राजधानी र प्रदेशको नामको विषयमा सबै क्षेत्रका विज्ञहरुसँग छलफल गरेर, राजनीतिक पार्टीहरुको सहमतिमा टुंगो लगाइन्छ’, राईले भने, ‘अहिलेनै तत्कालै टुंगो लगाउने भन्दा पनि सचेतता पूर्वक सहमतिमा गर्नु राम्रो हुन्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.