|

सोलुखुम्बु : सोलुकाे खुम्बु पासाङ ह्लामु गाउँपालिका- ४ मा  एक अस्ट्रेलियाली नागरिक मृत अवस्थामा फेलापरेका छन्। गत पुस ४ गतेबाट बेपत्ता भएका ४३ वर्षीय अस्ट्रेलियाली नागरिक मुर्कस इस्चेट मंगलबार खुम्बु लोबुचेमा मृत अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए। 

बिहान करिब ८ बजे भेटिएको शव फिस्टेल एयरको हेलिकोप्टरबाट लुक्ला ल्याई आवश्यक प्रक्रिया पूरा गरेर मंगलबार नै काठमाडौें ल्याइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। 

रादुल एक्सप्रेसन कम्पनीमार्फत् लुक्लाको लोबुचे हिमाल आरोहण गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.