|

गुल्मी : जिल्ला वन कार्यालय गुल्मीले अबैध रूपमा लुकाइएको सालको काठ बरामद गरेको छ।  जिल्ला वन कार्यलय गुल्मीका जिल्ला वन अधिकृत कृष्णराज न्यौपानेका अनुसार रेसुङगा नगरपालिका–३ को छापटोलामा लुकाई राखेको अवस्थामा ९४ दशमलव ६३ क्यूविक फिट सालको काठ बरामद गरी जिल्ला वन कार्यालय गुल्मीमा ल्याइएको जानकारी दिए। 

काठ कसले र कहाँ लानका लागि लुकाएको हो भन्नेबारेमा केही नखुलेकाले अनुसन्धान भइरहेको न्यौपानेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.