|

काठमाडौं : संघीयता कार्यान्वयनमा बढ्दै गएको व्ययभारका कारण सरकारलाई साधारण खर्च धान्नै हम्मे परिरहेका बेला भारतबाट आउने झण्डै सात अर्ब रुपैयाँको सामानमा राजस्व छली भएको पाइएको छ। 

चालू आर्थिक वर्षमा लक्षित राजस्व उठाउन मुख्य चुनौती महसुस गरेका अर्थमन्त्री डा. युवराज खतिवडाले नियुक्तिसँगै भन्सार कडा गर्न निर्देशन दिँदा यस्तो तथ्य फेला परेको हो। 

खुला सिमाना र भन्सारको खुकुलोपनाको फाइदा उठाएर पाँच महिनामा ६ अर्ब ८८ करोड रुपैयाँको सामान भारतबाट विनाभन्सार नेपाल आएका् छ। भारतको वाणिज्य विभागमा अभिलेख भएको  तर नेपालको भन्सारमा अभिलेख नभएको सामानको अनतर निकाल्दा यस्तो पाइएको हो।

नेपालले भारतबाट आयात गरेको र भारतले निर्यात गरेको तथ्यांकबीचको फरकले यस्तो देखाएको हो। सन् २०१७ को अन्तिम पाँच महिना अर्थात् अगष्टदेखि डिसेम्बरसम्म भारतबाट नेपालमा तीन खर्ब १२ अर्ब चार करोड रुपैयाँ बराबरको सामान आयात भएको छ। सोही अवधिमा नेपाली भन्सारमा भने तीन खर्ब पाँच अर्ब १६ करोड रुपैयाँको सामान आयात भएको देखिन्छ।

भारतीय वाणिज्य विभागको तथ्यांकमा यो अवधिमा एक खर्ब ७४ अर्ब १४ करोड भारतीय रुपैयाँ बराबरको सामान नेपाल आएको देखिन्छ। यसलाई नेपालीमा मुद्रान्तर गर्दा दुई खर्ब ७८ अर्ब ६३ करोड रुपैयाँ हुन आउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.