|

अमेरिका र दक्षिण कोरियाले आगामी अप्रिलमा संयुक्त सैन्य अभ्यास थाल्ने भएका छन्। उत्तर कोरिया, अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्धमा केही हदसम्म सुधार आउन सक्ने आँकलन भइरहेकै बेला अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरेका हुन्।

सैन्य अभ्यासमा तीन लाख भन्दा बढी सैनिकले भाग लिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।  दुवै देशले भने उत्तर कोरियाबिरुद्ध कुनै कारबाहीका लागि यो अभ्यास हुन नलागेको प्रष्ट्याएका छन्।

गत मार्चमा सुरु गर्ने भनिएको अभ्यास शीतकालीन ओलम्पिक र उत्तर कोरियाको नरम नीतिका कारण पर सारिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.