|

काठमाडौं:  काठमाडौंको बानेश्वर देवीनगरमा एक युवकको हत्या भएको छ। सर्लाही घर भएर देवीनगरमा बस्ने २१ बर्षिय पुरुषोत्तम सेढाईको छुरा प्रहारबाट हत्या भएको हो।

गएराती मादक पदार्थ सेवन गरेर सडकमा निस्केका सेढाई पक्ष र झापा सतासीधामका अशोक लिम्वु पक्षबीच भएको विवादमा छुरा प्रहार हुँदा सेढाई घाइते भएका थिए। उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा रातीनै मृत्यु भएको महानगरिय प्रहरी वृत्त बानेश्वरले जनाएको छ।

छुरा प्रहार गर्ने मुख्य अभियक्त अशोक लिम्वु र घटनामा संलग्न रोहित चौधरीलाई प्रहरीले पक्रेको छ। घटनामा संलग्न संजिव राई भने फरार भएका छन्।

यसैबीच रातको समयमा चोरी, कुटपिट, झैझगडा गर्ने १ सय ८ जनालाई प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्रेको छ। काठमाडौंबाट ९३ जना, ललितपुरबाट ९ जना र भक्तपुरबाट ६ जनालाई नियण्त्रणमा लिएर अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.