|
dailymail

दुर्लभ मानिने नर्दर्न ह्वाइट प्रजातिको गैँडाको अन्तिम भाले ‘सुडान’को मङ्गलबार मृत्यु भएको छ। 

सुडान नाम गरेको ४५ वर्षे भालेको मृत्यु भएपछि गैँडाको उक्त प्रजाति नै लोप हुने अवस्थामा पुगेको छ। अब उक्त प्रजातिको गैँडामध्ये सुडानकै सन्तानका रूपमा छोरी फाटु र नातिनी नाजिन मात्रै जीवित छन्। 

बुढो सुडान मांसपेशी र हड्डीको समस्याबाट पीडित थियो। उसको छालामा पनि ठूला घाउहरू थिए। अन्तिम २४ घण्टामा उठ्न सकेको थिएन। एक हप्तादेखि निकै कमजोर बनेको सुडानलाई धेरै पीडामा परेको देखिएपछि पशुचिकित्सकहरूले मारिदिएका थिए।

भालेको अभावमा उनीहरूबाट प्राकृतिक रूपमा अन्य सन्तान जन्माउन त सकिने छैन। संरक्षणकर्मीहरूले भनेका छन्, ‘नर्दर्न ह्वाइट गैँडा जोगाउने एउटै उपाय भालेबाट सङ्कलन गरीे सुरक्षित राखिएको वीर्य र जीवित पोथीहरूको डिम्ब प्रयोग गरी कृत्रिम निषेचन (इन् भिट्रो फर्टिलाइजेशन) विधिको विकास गर्नु नै हो।’ विश्व वन्यजन्तु कोषका अनुसार सन् २००८ सम्म आइपुग्दा सो उपजाति लोप भएको मानिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.