|

चितवन : नेपाल निजामती कर्मचारी युनियन (संघ)को अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन्।

चितवनको रत्ननगरमा भएको सातौं महाधिवेशनमा भएको निर्वाचनमा राजेन्द्र बुढाथोकीलाई पराजित गर्दै पोखरेल विजयी भएका हुन्। पोखरेलले जम्मा ५४५ मतमध्ये २८४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी बुढाथोकीले २५४ मत प्राप्त गरेका थिए।

युनियनको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र अधिकारी र उपाध्यक्षमा उत्तमकुमार कटवाल निर्वाचित भएका छन्। महासचिवमा सुवास कोइराला निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिए।

महाधिवेशनले २६ पदाधिकारीसहित ८० जना निर्वाचित गरेको छ। पाँच जना भने पछि मनोनित हुने व्यवस्था रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.