|
फाइल फाेटाे

रसुवा :  चालु आर्थिक वर्षको अाठ महिनामा सवारी नियम उल्लंघन गर्ने करिब पाँच हजार सवारीसाधन कारबाहीमा परेका छन्। जिल्लाको बेत्रावतीदेखि रसुवागढीसम्मको सडकखण्डमा नियम उल्लंघन गर्ने तीन हजार ९५० सवारीसाधन कारबाहीमा परेका हुन्।

जथाभाबी पार्किङ, क्षमताभन्दा बढी यात्रु तथा भार बोक्ने, प्रयोजन विपरीत सवारी प्रयोग गर्ने लगायत शीर्षकमा कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाका प्रमुख नवराज खड्काले बताए। उनले भने, ‘ओभरलोड गर्ने एक हजार ९५०, प्रयोजन विपरीत ५००, कागजपत्र साथमा नभएको ५५० लगायतका विभिन्न शीर्षकमा सवारीसाधन कारबाहीमा परेका हुन्।’

कारबाहीमा परेका सवारीबाट २९ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको खडकाले जानकारी दिए। यस्तै, आर्थिक वर्ष २०७३/७४ मा चार हजार ७५० सवारी कारबाहीमा परेका थिए। कारबाहीबाट ३६ लाख २८ हजार रुपैयाँ राजस्व संकलन भएको थियो

कारबाहीमा पर्नेमा सबैभन्दा बढी कन्टेनर तथा साना सवारी साधन रहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। कारबाहीमा पर्नेलाई ५०० देखि एक हजार ५०० रुपैयाँसम्म जरिवाना गरिएको जनाइएको छ।

यस्तै, सवारी दुर्घटना कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले अभियान सञ्चालन गरिएको छ। दुर्घटना कम गर्न पर्चा पम्प्लेट वितरण, हरेक सोमबार जिल्लाको कुनै एक चेकपोष्टमा चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट सवारी दुर्घटना कम गर्ने विषयमा कुराकानी लगायतका गतिविधि सञ्चालन गरिरहेको ट्राफिक प्रमुख खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.