समाज : सुरक्षा/अपराध

उत्तेजना बढाउने औषधि दिएर छात्रामाथि बलात्कार प्रयास गर्ने शिक्षक पक्राउ
SHARES

चैत ७, २०७४

    सुर्खेत : याैन उत्तेजना बढाउने औषधि दिएर छात्रालाई बलात्कारको प्रयास गर्ने शिक्षकलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–१० स्थित जनज्योति निमाविका कक्षा ७ मा अध्ययनरत दुई जना छात्रालाई उत्तेजना बढाउने औषधिको प्रयोग गरी बलात्कार प्रयास गरेको उजुरी परेपछि प्रहरीले शिक्षक युवराज शर्मालाई पक्राउ गरेको हो।

    शिक्षक शर्माले उत्तेजना बढाउने औषधिलाई मिठाइ भनी छात्रालाई खान दिए पनि अाफूहरुले नखाएको पीडितले प्रहरीलाई बताएका छन्। पीडित छात्राको भनाइ उद्धृत गर्दै प्रहरी भने, 'सरले चैत ३ को साँझ पाँच बजेतिर मिठाइ खाउ भनेर दिए पनि नखाएर दाइलाई देखायाैं।' प्रहरीसँगको वयानमा छात्राले शिक्षक शर्माले औषधि खायौ कि नाई भनेर पटक–पटक कोठामा आउँदै सोधेको र  राति कराएपछि फेरि नआएको बताएकी छन्।

    चैत ४ मा छात्राका दाइ पर्नेले थाहा पाए पछि उक्त घटना प्रहरी चौकीमा पुगेको हो। उजुरीपछि प्रहरीले शिक्षक शर्मालाई प्रक्राउ गरेको थियो। शिक्षक शर्माले औषधि दिएको स्वीकार गरेको प्रहरीले बताएको छ। शर्मा पक्राउ परेसँगै स्थानीयले कडा कारवाहीको माग गरेका छन्।

    आरोपीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याइएको छ। घटनाको आवश्यक अनुसन्धान अघि बढाइएको सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]