|

काठमाडौं : एनआईसी एशिया बैंकले प्रिमियम समुन्नति बचत खाता सञ्चालनमा ल्याएको छ। यस योजनामा देशभरका कुनै पनि बैंकको एटीएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ।

त्यसै गरी सो खातामा नि:शुल्क भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ सेवा, डिम्याट खाताका साथै वार्षिक लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने व्यवस्था गरेको छ। साथै मासिक औसत १० लाख रुपैयाँभन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर सेवा प्रदान गरिने। त्यस्तै सो खाता खोली मोबाइल बैंकिङ सेवा लिएपछि एनटीसी वा एससेलको १०० रुपैयाँ बराबरको रिचार्ज कार्डसमेत नि:शुल्क प्रदान गरिने व्यवस्था गरेको छ। 

एक हजार न्यूनतम मौज्दातमा खोल्न सकिने सो खातामा वार्षिक अाठ प्रतिशतका दरले मासिक ब्याज प्रदान गरिनेछ भने पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा समेत नि:शुल्क प्रदान गरिनेछ। साथै, नि:शुल्क गुड फर पेमेन्ट चेक जारी गर्न सकिने सुविधा र ब्यालेन्स सर्टिफिकेट जारी गर्दा कुनै पनि शुल्क नलाग्ले बैकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.