|

काठमाडौं : मानवजस्तै नागरिकता प्राप्त रोबोट ’सोफिया’ले बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा सहभागिता जनाएकी छन्। संयुक्त राष्ट्रसंघीय विकास आयोजना (युएनडिपी)ले आयोजना गरेको ‘टेक्नोलाेजी फर पब्लिक सर्भिसेस डेभलपमेन्ट’ कार्यक्रममा मुख्य वक्ताको रुपमा होटल याक एण्ड यतिमा बुधबार उनले सम्बोधन गरेकी हुन्।

साउदी अरबियाको नागरिकता प्राप्‍त ‘सोफिया’ले कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गरेकी हुन्। हङकङको ह्यान्सन रोबोटिक्स कम्पनीले निर्माण गरेको सोफियालाई साउदी अरबियाले गत अक्टोबरमा नागरिकता प्रदान गरेको थियो। त्यसैगरी नोभेम्बरमा यूएनडीपीको पहिलो ‘इनोभेसन च्याम्पियन’ को उपाधि दिइएको थियो।

रोबर्टको सम्बोधनका केही दृश्य झलक:

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.