राजनीति

मेलम्चीको पानी २५ दिनमा सुन्दरीजल पुग्छ : मन्त्री मगर
SHARES

चैत ७, २०७४

    काठमाडौं : खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी २५ दिनभित्र काठमाडौंको सुन्दरीजलमा आइपुग्ने दाबी गरेकी छन्।

    मन्त्री मगरले दशैंअघि मेलम्चीको पानी काठमाडौं उपत्यकाभित्रका घरघरमा वितरण गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

    बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले २५ दिन भित्र मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा आउने गरी पूर्वाधार निर्माणको काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको पनि स्मरण गराइन्। मंगलबार सिन्धुपाल्चोक पुगेर मन्त्री मगरले मेलम्ची खानेपानी निर्माण आयोजनाको कामलाई तीव्र गतिमा अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएकी थिइन्।

    स्थलगत निरीक्षणपछि २५ दिन भित्र मेलम्चीको पानी सुन्दरीजलमा आउने व्यवस्था गर्ने बचन प्राविधिक पक्षबाट आएको मन्त्री मगरको भनाई छ।

    मन्त्री मगरले स्वच्छ पानी खान पाउने नागरिकको मौलिक अधिकारलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि व्यक्त गरेकी छन्। उनले दुषीत पानीका कारण हुने रोगलाई नियन्त्रण गर्न सरसफाई योजनालाई अघि बढाउने पनि बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]