|

म्यानमारका राष्ट्रपति टिन च्वले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति कार्यालयले टिन च्वले राजीनामा दिएको जानकारी दिएपनि त्यसको कारण भने उल्लेख नगरेको बीबीसीले लेखेको छ।

पछिल्लो समय राष्ट्रपतिको शारिरीक अवस्थालाई लिएर विभिन्न आशंका गरिएको थियो। केही महिना पहिले उनी सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए। ७१ वर्षीय राष्ट्रपति च्व उक्त कार्यक्रममा एकदमै कमजोर देखिएका थिए।

उनी सन् २०१६ सालमा दशकौंको सैन्य शासनको अन्यपछि राष्ट्रपति बनेका थिए। उनी शासक सुकीका मिल्ने साथी रहेको बताइन्छ।

राष्ट्रपति च्वको पद आलकंकारिक थियो। वास्तवमा म्यानमारको शासन आङ साङ सुकीले गरिरहेकी छन्। राष्ट्रपति च्वको कार्यालयको आधिकारीक फेसबुक पेजमा जारी गरिएको वक्तव्यमा राष्ट्रपति च्वले आराम चाहेको उल्लेख छ।

अब अर्को राष्ट्रपति निर्वाचित नहुन्जेलसम्म उपराष्ट्रपति यान्त स्वेले राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन्। उनी पूर्व सैनिक जनरल हुन्।

नयाँ राष्ट्रपति अबको सातदिनिभित्र नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.