|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीहरू लगायतका अधिकारीबीचको छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ। 

उक्त बैठकले संघीय सरकार र प्रदेश सरकारबीच सम्वन्वयन गर्न महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलकाे संयाेजकत्वमा समिति गठन गरिएको छ। 

बुधबार प्रधानमन्त्री केपी शर्मा अाेलीले राखेकाे प्रदेश मुख्यमन्तत्री, प्रमुख सचिव र महमन्याधीवक्ताहरू बीचकाे बैठकमा समन्वयको लागि समिति गठन गर्ने निर्णय भएको हो। समितिमा सबै प्रदेशका न्यायाधीवक्ता रहनेछन्। यसले प्रदेश मुख्यमन्त्रीहरूले भन्दै अाएकाे अासन पायाैँ शासन पाएनाैँ भन्ने गुनासाेलाई सम्बोधन गर्ने गरी काम गर्ने प्रधानमन्त्री अाेलीले बताए।

कैठकमा मुख्यमन्त्रीहरूले अधिकार नहुदा र स्राेत नहुदा काम गर्न नसकेकाे गुनासाे गरेका छन्।

जारी बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री युवराज खतिवडा समेत सहमागी रहेका छन्। 

प्रधानमन्त्री अाेलीले असफल हुने छुट नरहेकाे भन्दै मुख्य मन्त्रीहरूलाई सफल हुनेगरी काम गर्न निर्देशन दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.