|

पाल्पा : स्याङ्जामा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका-६ दब्छेका ४१ वर्षीया इन्दिरा राना रहेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब निरीक्षक नवराज केसीले बताए।

रानाको घरनजिकै घरपोत्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर बुधबार मृत्यु भएको हो। बिहान करिब १० बजेतिर पुरिएकी उनको घट्नास्थलमै मृत्यु भएको प्रनानि केसीले बताए। घाइते हुनेमा सोही ठाउँ निवासी ५२ वर्षिया जीतमाया गाहा र १७ वर्षिय भावना दर्लामी रहेका छन्। उनीहरूको पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रनानि केसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.