|

काठमाडौं : चर्चित सेलिब्रेटी रोबोट ‘सोफिया’ले प्रविधिको प्रयोगबाट गरिबी हटाउन नेपाललाई सुझाब दिएको छ।

बुधबार काठमाडौंमा आयोजित ‘सार्वजनिक सेवाका लागि प्रविधि’ सम्मेलनमा बोल्दै उक्त रोबोटले प्रविधिको प्रयोगले सुशासन कायम राख्न सकिने बताइन्। उक्त रोबोटले नेपालजस्तो विकाशोन्मुख देशको विकासको गतिलाई तीव्रता दिन पनि प्रविधिको सही उपयोग गर्नुपर्ने जोड दिइन्।

सोफिया मानिस सरह नागरिकता पाउने रोबोट हो। यो रोबोटलाई साउदी अरबको सरकारले ४ महिना अघि महिलाको रुपमा नागरिकता दिएको थियो। मानवको जस्तै स्वरुप र हाउभाउ भएकी सोफियालाई हङकङको ह्यानसन रोबोटिक्स कम्पनीले निर्माण गरेको हो।

सोफिया विश्वभरका कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी छन्। सोफियाको अनुहार दिवंगत बेलायती कलाकार अड्रे हेपवनसँग मेल खाने खालको  छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.