|

काभ्रेपलाञ्चोक नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले केपी शर्मा ओली नेतृत्वको सरकार कम्युनिस्ट अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाएका छन्। गिरिजाप्रसाद कोइरालाको आठौंँ स्मृति दिवसको अवसरमा बुधबार आयोजित ‘नेपालको संविधानको कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा गच्छदारले दुई तिहाईको सरकार बनाएर अधिकायकवादको सिर्जना भएको बताए। 

नेता गच्छदारले भने, ‘सरकारले पूर्णता पाएको छ। दुई तिहाई बहुमतको सरकार बनाएर कम्युनिष्ट अधिनायकवाद लाद्न खोज्ने प्रयास पनि गरिँदैछ।’ उनले अहिलेसम्मको प्राप्त उपलब्धिको रक्षा गर्न र कम्युनिस्ट अधिनायकवाद रोक्न कांग्रेस अझ बलियो भएर उभिन जरुरी रहेको बताए।

उपनेता गच्छदारले नेपाली कांग्रेसको मान्यता संसदीय प्रजातन्त्र भएकाले त्यहीँ मूल्य मान्यताको पार्टी अझ बलियो भएर उभिन आवश्यक भएको बताएका हुन्। 

कार्यक्रममा नेता गच्छदारले आफूलाई पार्टीको उपसभापतिको जिम्मेवारी दिने हो भने पार्टीको आन्तरिक कमी कमजोरीमा गहन छलफल गर्ने वातावरण बनाउन पहल गर्ने सोच भएको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.