|

काठमाडाै‌ँ : सरकारले मन्त्रिपरिषद्का विभिन्न समितिहरू गठन गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक समिति, प्रशासन समिति, आर्थिक तथा पूर्वाधार समिति, सामाजिक समिति र विधेयक समिति गठन गर्ने निर्णय गरेको हो। त्यसैगरी बैठकले प्रधानमन्त्रीको सचिवालय गठन कार्यविधि बनाउने पनि निर्णय गरेको छ।

प्रधानमन्त्रीको सचिवालय सदस्य कटौती गर्ने गरी कार्यविधि बनाउने निर्णय भएको सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। प्रदेशमा राजस्व संकलन ऐन र कार्यविधि बनाउनेलगायतका महत्त्वपूर्ण एजेण्डा रहेका भए पनि सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको बैठक बसिरहेकाले अन्य एजेण्डामा छलफल हुन नसकेको र चाँडै अर्को बैठक बसेर निर्णय गरिने पनि राज्यमन्त्री बाँस्कोटाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.