|

वेस्ट इन्जिले एकदिवसीय विश्वकपमा स्थान बनाएको छ। निर्णायक मानिएको छनोट खेलमा डिएल मेथडको आधार बुधबार स्कटल्यान्डमाथि ५ रनको रोमाञ्चक जित निकाल्न सफल भएसँगै वेस्टइंंडिजले विश्वकपमा जारी सुपर सिक्समा ८ अंक जोड्दै छनोट हुन सफल भयो।

जिम्बावेमा भइरहेको छनोट प्रतियोगिता अन्तर्गत जारी सुपर सिक्समा छनोट दाबेदार मानिएको स्कटल्यान्डलाई पराजित गर्ने क्रममा वर्षाले वेस्टइंडिजलाई साथ दिएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइंडिजले ४८ ओभर ४ बलमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो। जवाफमा स्कटल्यान्डले ३५.२ ओभरमा ५ विकेटको क्षतिमा १ सय २५ रन बनाएर खेलिरहदा खेल वर्षाले अवरुद्ध बनेपछि खेलको निर्णय डिएल मेथडबाट लिइएको थियो। जितका लागि ७४ रनले टाढा रहेको स्टकल्यान्डका लागि वर्षा दुर्भाग्यपूर्ण रह्यो।

जसले गर्दा पर्याप्त ओभर  र विकेट हातमा रहे पनि खेल नहुँदा वेस्टइंडिज भाग्यमानी सावित भयो। त्यसअघि वेस्ट इन्डिज ४८.४ ओभरमा १ सय ९८ रनको मध्यम स्कोर बनाउन सफल भएको थियो। वेस्ट इन्डिजका लागि इभिन लेविसले ६६ रन र मार्लोन स्यामुयल्सले ५१ रनको अर्धसतकीय इनिङ खेलेका थिए। बलिङतर्फ स्कटल्यान्डका सफयान साइफ र ब्राड ह्विलले ३-३ विकेट लिएका थिए।

दोस्रो टिमका दाबेदार

वेस्ट इन्डिजसँग हारेसँगै स्कटल्यान्डको सुपर ६ खेल सकिएको छ। शीर्ष स्थानको वेस्ट इन्डिजले ५ खेलबाट ८ अंक जोडेको छ। दोस्रो स्थानको जिम्बावेको ४ खेलबाट ५ अंक छ । ५ खेलबाट ५ अंक नै बटुलेको स्कटल्यान्ड तेस्रो स्थानमा छ। चौथो स्थानको आयरल्यान्ड र पाँचौ स्थानको अफगानिस्तानको समान ४–४ अंक छ।

बिहीबार जिम्बावे र युएई तथा शुक्रबार आयरल्यान्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ। बिहीबार जिम्बावेले जित हात पारे विश्वकपमा छनोट हुनेछ भने आयरल्यान्ड र अफगानिस्तान अन्तिम खेल अघिनै बाहिरिने छन्। जिम्बावे पराजित भए मात्र अफगानिस्तान र आयरल्यान्डको सम्भावना कायम रहने छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.