|

विश्वकप नजिकिएसँगै ठूलो दबाबमा रहेको अर्जेन्टिना शुक्रबार इटालीविरुद्ध हुने मैत्रिपूर्ण खेलका लागि अभ्यासमा व्यस्त छ। स्टार स्ट्राइकर लियोनेल मेसीसँगै अर्जेन्टिनाका चर्चित अनुहार अहिले म्यानचेस्टर सिटीको घरेलु मैदान इथाइड स्टेडियममा अभ्यास गरिरहेका छन्।

इटाली र अर्जेन्टिना विचको बहुचर्चित खेल इथाइड स्टेडियममा आयोजना हुँदैछ। ६० वर्षपछि विश्वकपमा स्थान बनाउ नसकेको इटालीले रुस विश्वकप 'मिस' गर्दै छ। तर अर्जेन्टिना भने उपाधि दाबेदार टिमका रुपमा रहेको छ। प्लेअफका दौरान स्वीडेनसँग पराजित भएपछि इटाली विश्वकपबाट बाहिरिन बाध्य भएको थियो।

अर्जेन्टिनाका स्टार सर्जिओ अगुइरो अभ्यासमा छोटो समयका लागि देखिएका थिए। उनी घुँडाको चोटको समस्यामा रहेका छन्। यद्यपि उनलाई अर्जेन्टिनाले २३ सदस्यीय मैत्रिपूर्ण खेलका लागि घोषित टिममा भने मौका दिएको छ। मेसी अभ्यास खेलपछि स्पेन जानेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.