|

न्युजिल्याण्डविरुद्धको पहिलो टेष्ट क्रिकेटको पहिलो पालीमा इंग्ल्याण्डले खराब प्रदर्शन गरेको छ ।

न्युजिल्याण्डको अकल्याण्ड रंगशालामा पाहुना टोली इंग्ल्याण्डले टस हारेर ब्याटिङ गरेको थियो। इंग्ल्याण्ड २०  ओभर ४ बलमा ५८ रन मात्र बनाएर अलआउट भयो। इनिङ क्रेइगले ३३ रन र मार्क स्टोनम्यानले ११ रन बनाए। खेलमा पाँच खेलाडी शून्यमा आउट भए भने तीन खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। 

इंग्ल्याण्डलाई सस्तोमै समेटन ट्रेन्ट बोल्टले ६ विकेट लिए। उनले ६४ बल बलिङ गरेर  ३ मेडन राख्दै ३२ रन दिए। त्यस्तै टिम साउदीले  ४ विकेट लिए।  १० ओभर बलिङ गरेका साउथीले ३ मेडनसहित २५ रन मात्र दिएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.