लिबियाका पूर्वतानाशाहसँग साँठगाँठ गरेको भन्दै पक्राउ परेका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सारकोजी रिहा भएका छन्।
सन् २००७ को निर्वाचन प्रचारप्रसारका लागि लिबियाका पूर्वतानाशाह मुहम्मद गद्दाफीसँग अवैधरुपमा रकम लिएको अाराेपमा फ्रान्स प्रहरीले सारकोजीलाई पक्राउ गरेको थियो।
दुई दिनसम्म सोधपुछ गरेर सारकोजीलाई छाडिएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सारकोजीले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।