|

काठमाडाैं : दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत  जाने कामदारका लागि कोरियन भाषा परीक्षाको आवेदन खुलेकाे छ।

ईपीएसअन्तर्गत सन् २०१९ मा कामका लागि दक्षिण कोरिया जान चाहने कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियाली भाषा परीक्षाको आवेदन फाराम बिहीबारबाट संकलन गर्न लागिएको ललितपुरस्थित ईपीएस कोरिया शाखाले जनाएको छ।

सहभागी हुने चाहनेले आउँदो १७ गतेसम्म अनलाइनबाटै आवेदन फारम भर्न सक्नेछन्।  भाषा परीक्षामा सहभागी हुनका लागि १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने हदबन्दी तोकिएको छ।

नेपालको आधिकारिक वेबसाइटबाट 'लग इन' गरी त्यहाँ उल्लेख भएका विवरण अनलाइनबाटै भर्न सकिने व्यवस्था मिलाइएको छ। भाषा परीक्षा आगामी जेठ २६ र २७ गते हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.