|

नवलपरासी : पश्चिम नवलपरासीमा एक बालिकालाई ललाइफकाइ बेच्न भारत लैजान लाग्न लागेको आरोपमा सुस्ताका बासिन्दाले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। 

भारतको उत्तर प्रदेश महाराजगञ्ज डोमहाका ५० वर्षीय धु्रव हरिजनले सुस्ता गाउँपालिका–५ बेलहानी बस्ने मुन्ना कलवारकी सात वर्षीया छोरीलाई फकाएर भारत लैजान लागेको अवस्थामा स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन्। 

मदिरा सेवनका नाममा बहानामा दिनहुँ घरमा आएर चिनजान बढाएपछि मामाघर लैजाने भन्दै मिठाइ दिएर साइकलमा राखेर भारततर्फ लैजान लागेको बालिकाका अभिभावकको भनाइ छ। 

बालिका घरमा नदेखिएपछि खोजतलास गर्दा घरपरिवार र गाउँलेले खोजी गरेका थिए। स्थानीयवासीले फेला पारेर प्रहरीलाई बुझाएका थिए। आरोपित हरिजनलाई इलाका प्रहरी कार्यालयमा बेलाटारीमा राखेर छानविन थालिएको बेलटारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवसिंह थापाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.