|

महेन्द्रनगर : धनुषामा बिहीबार बिहानै एक पुरुषको शव फेला परेको छ। जनकपुर–ढल्केबर सडकखण्डमा फेला परेको उक्त शवको प्रकृति हेर्दा सवारी साधनले ठक्कर दिएर मृत्यु भएको र सवारी फरार भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार शव जनकपुर उपमहानगरपालिका– ९ का ४८ वर्षीय रेवतीरमणलाल कर्णको रहेको छ। बिहान साढे ५ बजे कर्णको शव सडकमै देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतकको गालामा सामान्य चोटबाहेक कतै कुनै घाउचोट छैन। मृतकको गालामा चोट देखिएकाले मर्निङवाकमा रहेको बेला सवारी साधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

शवलाई परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.