|

रौतहट : एसईई परीक्षामा चिट चोराएको आरोपमा रौतहटको एक परीक्षा केन्द्रबाट १० जना परीक्षा निरीक्षकलाई निलम्बित गरिएको छ। वृन्दावन नगरपालिका–७ को धमौरा मावि परीक्षा केन्द्रका निरीक्षकले चिट चोराएको आरोपमा अनुगमन टोलीले निलम्बन गरेको गरेको हो।

बिहीबार सञ्चालित अंग्रेजी विषयको परीक्षामा प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाको अनुगमन टोलीले निलम्बन गरेको जिल्ला शिक्षा कार्यालय रौतहटका जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले जानकारी दिए। 

एसईई परीक्षाका लागि जिल्लामा एक एक्जाम्टेड, एक प्राविधिक र २८ नियमित गरी ३० वटा परीक्षा केन्द्र छन्। ६९ सामुदायिक, एक खुल्ला र १७ संस्थागत विद्यालयबाट सात हजार २९५ विद्यार्थी परीक्षामा सामेल छन्। जसमध्ये नियमित सात हजार २१३, एक्जम्टेड ४१८ र प्राविधिकका १९२ विद्यार्थी रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.