|

काठमाडौं : साताको पहिलो दिनदेखिनै सुरु भएको सेयर बजार ओरालो लाग्नेक्रम रोकिएको छैन। प्रत्येक दिन ह्रासको दर बढेको छ। 

यस साताको अन्तिम दिन बिहीबार नेप्से कारोबारमा आएको डेढ घण्टामा २२ अंकले झरेको छ। नेप्सेमा यसरी निरन्तर ह्रास आउँदा करिब साढे दुई वर्ष पछिकै अवस्थामा पुगेको छ। 

२०७२ भदौको अन्तिम एक हप्ता ८८ अंकल वृद्धि भइ नेप्से १२ सय अंकको अधिकतम विन्दु बनाएको थियो। यो बीचमा नेप्से अधिकतम १८ सय ५६ अंकसम्म पुग्यो। बिहीबार कारोबारको पहिलो डेढ घण्टामै नेप्सेले २०७२ भदौको स्थितीमा झरेको छ। 

बिहीबार पहिलो डेढ घण्टामा २२ अंकले ह्रास आउँदा नेप्स करिब १२ सय अंक नजिक पुगेको छ। डेढ घण्टाको अवधिमा १२ सय ८ को बिन्दुमा नेप्से झरेको छ। 
यो अवधिसम्म फाइनान्सबाहेका कुनै पनि परिसूचक उकालो लागेका छैनन्।

१३३ कम्पनी कारोबारमा आइसक्कदा १४ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। पछिल्लो चार महिनादेखि नेप्सेमा प्राय ह्रास आएको छ। पछिल्लो चार दिनमा करिव ५६ अंकले ह्रास आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.