|

हुम्ला : गए रातिदेखि हुम्लामा हिमपात भइरहेको छ। हिमपातका कारण एसइई परिक्षा दिने विद्यार्थीलाई गाह्रो भएको छ।

बिहिबार राती १२ बजेबाट हिमपात सुरु भएको थियो। तीनवटा परीक्षा केन्द्रमा भारी हिमपात भएका कारण परिक्षार्थीलाई समस्या भएको जिल्ला शिक्षा अधिकारी मदनकुमार थापाले बताए।

सदरमु सिमीकोटमा रहेका मानसरोवर  मावि, बालमन्दिर मावि र कोट मावि रोडिकोट केन्द्रमा भारी हिमपात भएपछि चिसोले परीक्षा दिने विद्यार्थीलाई समस्या भएको हो।

परीक्षा केन्द्रमा हिमपात भएपछि परीक्षामा सामेल हुने विद्यार्थी लाई  लेख्न र बस्न समेत चिसोले समस्या बनाएको छ।

हुम्लामा अचानाक भएको हिमपातसँगै हावाहुरी पनि चलेकाले चिसो बढेको छ। जिल्ला शिक्षा अधिकारी थापाले चिसोले लेख्न नसक्ने विद्यार्थीहरूलाई थप समय दिने बताए।

जिल्लामा संचालन भएका छवटा परीक्षा केन्दका  कोठा भित्र चिसो भएपनि परीक्षा शान्त रुपमा संचालन भएको  प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.