|

काठमाडौं: बिहीबार सेयर बजार कारोबारको तीन घण्टा निकै उतार चढाब बन्यो। यो अवधिमा २४ अंकको ह्रासदेखि ३ अंकले सुधार आएको छ। 

१२ सय ३१ बाट कारोबार सुरु भएको नेप्से दिउँस १२:३६ बजे १२ सय ७ अंकमा झर्‍यो। त्यसपछि उकोलो लाग्न सुरु भएको नेप्से पछिल्लो एक घण्टामा हरियाली देखिएको छ।

पछिल्लो एक घण्टा सेयर बजारमा सबै भन्दा बढी प्रभाव पार्ने वाणिज्य बैंक अन्तर्गतका परिसूचकमा उल्लेख्य सुधार आएको देखिएको छ। २४ अंकको ह्रास करेक्सन (सुधार)भएर यो अवधिमा नेप्से हरियो बन्यो।

दिउँसो पौने १:४५ बज्दा नेप्सेमा तीन दशमलव आठ अकंको सुधार आयो। यो समयसम्म १४९ कम्पनी कारोबारमा आउँदा २९ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.