कास्की : प्रदेश ४ का मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
घिमिरेलाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडालले प्रदेश प्रमुख बाबुराम कुँवरको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्य, प्रदेश प्रमुख सचिव, प्रदेश सचिवलगायत उच्चपदस्थ अधिकारी र सञ्चारकर्मीको उपस्थिति थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।