समाज

विद्यार्थी कुटेका आरोपमा एक शिक्षक प्रहरी नियन्त्रणमा
SHARES

चैत ८, २०७४

    भद्रपुर (झापा) : झापा प्रहरीले विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षकलाई नियन्त्रणमा लिएको छ। झापाको मेचीनगर नगरपालिका- ५ स्थित ग्रिन भिजेल अंग्रेजी विद्यालयमा कार्यरत शिक्षक दीपेश निरौलालाई नियन्त्रण लिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए।

    भट्टराईका अनुसार नियन्त्रणमा लिएका शिक्षक निरौलाले कक्षा १ मा अध्ययनरत छात्र दिप्सन राउतलाई कुटपिट गरेको अाराेप लागेकाे छ। 

    शिक्षकले बुधबार विद्यालयमै राउतलाई शरीरमा गहिरो नीलडाम हुने गरी कुटपिट गरेर घाइते बनाएकाे भन्दै राउत परिवारले प्रहरीमा उजुरी गरेपछि शिक्षक निरौलालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक भट्टराईले बताए। 

    अबाेध बालकलाई कुटपिट गरेर घाइते बनाउने शिक्षकलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भनेर प्रहरीमा उजुरी दिएको उनका हजुरबुबा बिर्खबहादुर राउतले बताए। विद्यालयमा विना कारण विद्यार्थीलाई शरीरमा गहिरो चोट हुने गरी कुटपिट गर्ने शिक्षकलाई विद्यालयको तर्फबाट पनि माफी नपाउने विद्यालयका प्रिन्सिपल हरि बुढाथोकीले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]