कैलाली : कैलालीको लुम्कीचुहामा दुई मोटरसाइकल एकआसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ। यस्तै, दुर्घटनामा परी तीन जना मम्भीर घाइते भएका छन्।
घाइते हुनेमा नेत्र रावल, आशाराम चौधरी र दीपक चौधरी रहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैनसिंह साउदले जानकारी दिए। घाइतेमध्ये रावलको अवस्था गम्भीर छ। उनलाई कैलालीमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगंज पठाइएको प्रहरीले जनाएको छ।
अन्य दुईको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। पूर्वबाट पश्चिम तर्फ गइरहेको से५प ४८०३ नम्बरको मोटरसाइकलले र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको से२प ७९८१ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।