|

सोलुखुम्बु : सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माण सुरु गरिएको छ। वसन्त ऋतुमा सगरमाथा गर्नेको संख्या बढ्ने भएपछि आरोहीलाई मध्यनजर राख्दै बिहीबारदेखि उक्त बाटो निर्माण सुरु गरिएको हो।

सगरमाथा आधार शिविरमा बौद्धधर्मका लामा विधिअनुसार पूजा सम्पन्न भएपछि आइसफल डक्टरको समूहले बाटो निर्माणको सुभारम्भ गरेका हुन्। सगरमाथा आरोहणका क्रममा कुनै पनि बाधा नहोस् भन्नलाई शान्तिको कामना गर्दै पूजा गरिएपछि बाटो बनाउन सुरु गरिने परम्परा रहेको छ। 

खुम्बुपासाङह्लामु गाउँपालिकास्थित पाङ्बोचे गुम्बाका लामाद्वारा पूजा पाठ सकिएपछि आइसफल डक्टरको समूहले बिहीबार पहिलो दिन करिब दुई सय मिटर बाटो निर्माण गरिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसि) नाम्चेका कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिए। आइसफल डक्टरको समूहमा आङकामी शेर्पाको नेतृत्वमा अन्य सात जना डक्टर सहभागी छन्। उनीहरुले क्याम्प दुईसम्मको बाटो निर्माण गर्ने र क्याम्प दुईभन्दा माथिको बाटो आरोही दलबाट निर्माण गरिनेछ। बाटो निर्माण गर्दा सुरक्षाको लागि डोरी टाङ्ने र आवश्यकता अनुसार भर्‍याङ समेत राख्ने गरिन्छ। 

सगरमाथा नियन्त्रण प्रदूषण समिति (एसपिसिसि)बाट गएका आठ जना आइसफल डक्टर र दुई जना कर्मचारीको टोली सगरमाथा आरोहणका लागि आवश्यक तयारी गर्न गत चैत्र २ गते आधारशिविर पुगेर काम सुरु गरेको एसपीसीसीका कार्यक्रम अधिकृत राईले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.