|

उर्लाबारी : मोरङको रंगेली नगरपालिका – ८ स्थित कानेपोखरी-चोप्राहा सडक खण्डमा ट्रयाक्टरबाट खसेर बिहीबार साँझ एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टरका  सहचालक रंगेली- ७ का ३० वर्षीय विकास मण्डल रहेका छन्।

को१त ४५७९ नम्बरको ट्रयाक्टरबाट खसेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक संजीवबाबु खड्काले जानकारी दिए। दर्वेसाबाट रंगेलीतर्फ आउँदै गरेको ट्रयाक्टरको अगाडिको सिटमा बसेका मण्डल त्यहीँबाट खसेका थिए। ट्रयाक्टरलाई नियन्त्रणमा लिइए पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.