|

आगामी वर्ष इङ्ल्याण्डमा हुने एक दिवसीय विश्वकपमा सहभागी हुने दोस्रो टिमको टुंगो शुक्रबार लाग्दैछ। छनोटको अन्तिम खेलमा घरेलु टोली बिहीबार यूएईसँग पराजित भएपछि जिम्बाबेको सम्भावना लगभग सकिएको छ।

विश्वकप छनोटअन्तर्गत बिहीबार भएको खेलमा यूएईले सुपर सिक्सको पहिलो जित दर्ता गर्ने क्रममा जिम्बाम्बेलाई डक बर्थ लुईस नियमका आधारमा तीन रनले हरायो। यूएईले हराएपछि जिम्बाम्बेको विश्वकप प्रवेश योजना गणतीय बनेको छ।

अब कुन टिम ?

यसअघि बुधबार स्कटल्याण्डलाई डक बर्थ लुईस नियमका आधारमा ५ रनले हराउँदै वेष्ट इन्डिज विश्वकपमा छानिएको छ। अब जिम्बाबेका लागि आयरल्याण्ड र अफगानिस्तानबीच शुक्रबार हुने खेल बराबरी भए मात्र रनरेटबाट विश्वकप पुग्ने झिनो आशा बाँकी रहेको छ। तर क्रिकेटमा बराबरीको सम्भावना अत्यन्त न्यून हुने भएकाले जिम्बाबेको विश्वकप यात्रा लगभग अन्त्य भएको मान्नु पर्छ।

यदि शुक्रबार अफगानिस्तान र आयरल्यान्ड मध्ये जसले नतिजा निकाल्न सक्छ  उक्त टिम विश्वकपमा पुग्ने छ। समग्रमा यूएईले खेल बिगारेको छ र घरेलु टोलीको निरन्तरको सफल्ताको यात्राको अन्त्य गरेको छ। पहिले ब्याटिङ गर्दै यूएईले दिएको २३० रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धा्रित ४० ओभरमा २ सय २६ रन मात्र बनाउन सफल भएको थियो। युएईले ४७.५ ओभरमा ७ विकेट गुमाएर २३५ रन बनाएपछि मैदानमा वर्षा भएको थियो। त्यसपछि ४० ओभरमा जिम्बाबेलाई नयाँ लक्ष्य दिएको थियो। जसमा घरेलु टोली असफल भयो।

जिम्बाम्बेलाई रोक्ने क्रममा युएईका मोहम्बद नाबिदले ८ ओभर बलिङ गर्दै ४० रन खर्चिएर महत्त्वपूर्ण तीन विकेट लिए। त्यस्तै रोहन मुस्ताफाले दुई तथा अहमद राजा र कादेर अहमदले समान एक–एक विकेट लिए। जिम्बाम्बेका लागि एससी विलियम्सले ८० रन बनाएपनि घरेलु टोलीलाई विश्वकपसम्म पुर्‍याउन भने असफल भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.