|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा जोन बोल्टनलाई नियुक्त गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनलाई नियुक्त गरिएको जानकारी दिँदै राष्ट्रपति ट्रम्पले भनेका छन्, 'मेरो मित्रलाई सुरक्षा सल्लाहकार नियुक्त गर्न पाएकोमा म अत्यन्तै खुसी छु।' उनको कार्यकाल आगामी अप्रिल ९ बाट सुरु हुने समेत ट्रम्पले जनाएका छन्। 

जोन बोल्टनले आफूलाई नयाँ जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै सल्लाहकार पद स्वीकार गरेको बताएका छन् । ६९ वर्षीय जोनले यसअघि तीन राष्ट्रपतिहरु रोनाल्ड रेगन, जर्ज एजएज डब्लु बुस र जर्ज डब्लु बुससँग विदेशी सम्बन्धबारे काम गरिसकेका व्यक्ति रहेको समाचारसंस्था बीबीसीले उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.